१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौँ महानगरले भोली निति तथा कार्यक्रम प्रस्तुत गर्ने


प्रकाशित: बुधवार, २ असार २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विहिवार नवौँ अधिवेसनमा आ. व. ०७८÷०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ ।


महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलवार बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिनेछ ।  


बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । 


कार्यपालिका सदस्यहरुबाट प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिए । 


अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनुहुनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गर्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD