९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौँ महानगररले सडक संकेत राख्ने, विद्यालयमा ट्राफिक क्लब बनाउने


प्रकाशित: शनिवार, १० साउन २०८२, १८ः१० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन महिनादेखि सडक सुरक्षाका लागि सडक संकेत राख्ने कार्य सुरु गर्ने भएको छ । 


महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार विगतमा राखिएका धेरै सडक चिह्नहरू मेटिएका र नदेखिने अवस्थामा पुगेकाले दुर्घटना जोखिम बढेको भन्दै अब ती संकेत पुनः राखिने तयारी गरिएको हो ।


श्रेष्ठले बताएअनुसार, सडक संकेतका लागि आवश्यक सामग्री आयात भइसकेको छ र यही साउनदेखि कार्यान्वयन सुरु गरिनेछ । 


“सडक विभागसँग सहकार्य गरेर मुख्य राजमार्गबाहेकका अधिकांश सडकमा संकेतहरू कामपाले नै राख्नेछ,” उनले भने । 


सडक प्रयोगकर्तालाई जनचेतना


महानगरले सडकमा पैदल यात्री र सवारी चालकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । 


चिह्न भएको वा नभएको स्थानमा कसरी सडक प्रयोग गर्ने भन्ने विषयमा जानकारी नहुँदा सामान्य गल्तीबाट पनि दुर्घटना बढिरहेको अवस्थामा यो पहलले सुधार ल्याउने विश्वास लिइएको छ ।


सुरक्षाका लागि थप उपकरण


कामपाले यसै आर्थिक वर्षमा ट्राफिक कोन, डिभाइडर, सडक चम्काउने संकेत उपकरणजस्ता सुरक्षासम्बन्धी सामग्री थप गर्ने योजना बनाएको छ। यसले सडक सुरक्षालाई अझ मजबुत बनाउने कामपाको दाबी छ ।


विद्यालयमा ट्राफिक क्लब


सुरक्षालाई प्राथमिकता दिँदै कामपाले सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठनको कार्य अघि बढाएको छ । प्रत्येक विद्यालयबाट १० देखि १५ जना विद्यार्थीलाई छनोट गरी ट्राफिक प्रहरीमार्फत प्रशिक्षण दिइनेछ । 


ती विद्यार्थीहरूले बिहान ९ देखि १० बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म बालबालिकालाई सडक पार गराउन सहयोग गर्ने छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex