७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौँ महानगरपालिकाले १० गते बजेट पेश गर्ने


प्रकाशित: शनिवार, ५ असार २०७८, १८ः१० बजे
- महानगरखवर

काठमाडौँ  । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९को लागि १० गते बजेट पेश गर्ने भएको छ । 


महानरपालिका प्रमुख विद्यासुन्दर शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता भएकोले सोही अनुसार तयारीमा जुटेको जानकारी दिए । 


विहिवार प्रमुख शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । 


नीति तथा कार्यक्रमकै बारेमा उपमेयरसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आईतवार सम्मको लागि नगरसभा स्थगीत गरेको छ । 


विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सर्वसहमतिले नीति–कार्यक्रम र बजेट पारित गर्ने गरी अघि बढने प्रमुख शाक्यले बताए । 


शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने , महानगरवासीलाई ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम लगायत थुप्रै योजनाहरु प्रस्तुत गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD