१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौँ महानगरद्वारा १६ अर्व ४२ करोडको बजेट प्रस्तुत


प्रकाशित: बुधवार, १० असार २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । 


बुधवार राष्ट्रिय सभागृहमा महानगरको सातौं अधिवेसनको दोश्रो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकम प्रस्ताव गरिन । 


महानगरको सातौं अधिवेशनको पहिलो बैठक असार ४ गतेको पारित नीति तथा कार्यक्रमका र महालेखा परीक्षकको कार्यालयले लेखा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको सुत्र (सब—नेशनल टे«ेजरी रेगुलाटोरी एप्लिकेसन का आधारित भएर बार्षिक बजेट प्रस्तुत गरिएको हो ।


यस अघिको पहिलो बैठकमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 


बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो ।


त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।


यसै गरी पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।


सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ अर्थात् कुल बजेटको १५ दशमलब २२ प्रतिशत रकम प्रस्ताव गरिएको छ । 


त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो ।


प्रस्तावित बजेट १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको १५ दशमलब ६८ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ शसर्त अनुदानबाट प्राप्त हुने अपेक्षा गरिएको छ । 


त्यस्तै ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त हुने अपेक्षा गरिएको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो । 


बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शसर्त अनुदान बाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी अनुमान गरिएको छ ।


कुल आम्दानीमा नपुग हुने रकम ३ अरब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।


महानरपालिकाले बजेटको लागि आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत प्रमुख श्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । 


त्यस्तै सम्पत्ति करबाट ८० करोड रुपैयाँ, व्यवसाय करबाट ४० करोड रुपैयाँ, विज्ञापन करबाट ६ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।


शुल्क आयबाट १ अर्ब ५० करोड रुपैयाँ प्राप्त गर्ने अनुमान छ । यस बर्षदेखि कवाडी कर शीर्षकमा पनि कर संकलन गरिनेछ । यो गतबर्षको शीर्षकमा थपिएको कर हो । 


कवाडी कर संकलन गर्दा उपत्यकाबाट एकमुष्ट संकलन गर्ने र अनुपातमा वितरण प्रणाली मिलाउने योजना रहेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको भनाइ छ ।


बजेटमा कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभाबको न्यूनीकरणका लागि विशेष कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।


महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ्, भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, सहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रम बजेट बिनियोजनका प्राथमिक क्षेत्र हुन ।


सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन, प्रबिधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर सञ्चालन जस्ता कार्यक्रमहरुका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD