११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौँ महानगरको हरियाली तथा जैविक विविधता पुर्नस्थापना गर्न सम्झौता 


प्रकाशित: बुधवार, २ असार २०७८, १६ः२० बजे
- महानगरखवर

काठमाडौँ । जैविक विविधता र सहरी हरियाली प्रवर्धनमा काम गर्ने उदेश्यले लागि काठमाडौँ महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषविच एक सम्झौता भएको छ ।


मंगलवार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र कोषकातर्फबाट सदस्य सचिव शरदचन्द्र अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।


सो अवसरमा प्रमुख शाक्यले यस अघि पार्क निर्माण, वृक्षारोपण तथा हरियाली प्रवर्धनमा गरिएका प्रयासलाई सहकार्यले विकास गर्न सघाउने विश्वाश व्यक्त गरे ।


महानगरको जैविक विविधताको विद्यमान अवस्थालाई सुधार गरेर पुनस्र्थापना गराउने तथा महानगरले निर्माण थालनी गरेको पार्क, वन तथा नदी किनारा र सार्वजनिक स्थानमा गरिएको हरियालीलाई व्यवस्थित र बैज्ञानिक विकास गर्न आवश्यक पर्ने नीति, रणनीति तथा कार्ययोजना बनाउने र ती नीतिगत व्यवस्थालाई कार्यान्वयन गराउन सम्झौताबमोजि काम हुनेछ । 


कोषका सदस्य सचिव अधिकारीले, सहरीकरणका कारण  काठमाडौँको परम्परागत र रैथाने जैविक विविधता र हरियालीको प्रणालीमा ठूलो असर गरेको बताए । 


महानगरले प्राकृतिक वातावरण जोगाउने कामलाई मनन गरेर हामीसँग सम्झौता गरेको छ । यसलाई हामीले विग्रिएको अवस्था सुधार गर्ने ठूलो अवसरका रुपमा अधिकारीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD