७ मङ्सिर २०८२, आइतबार
Header

काठमाडौँ महानगरको छात्रवृत्ति कोटाको दोस्रो चरणमा ५५४ विद्यार्थी चयन


प्रकाशित: बुधवार, १४ साउन २०८२, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटाअन्तर्गत दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । 


यस चरणमा ५५४ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन ।


शिक्षा विभागका अनुसार, दोस्रो चरणमा विज्ञान संकायमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, कानुनमा ३० जना, शिक्षामा ३ जना र मानविकीमा १ जना विद्यार्थीको नाम समावेश गरिएको छ ।


साउन १५ भित्र छनौट भएका विद्यार्थीहरुले सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने व्यवस्था गरिएको छ । https://entrance.kathmandu.gov.np/मा गएर सिम्बोल नम्बर, जन्म मिति र प्राप्त पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्नुपर्नेछ । 


तोकेको समयभित्र भर्ना नगर्ने विद्यार्थीले छात्रवृत्तिमा दाबी गर्न नपाउने शिक्षा विभागले जनाएको छ । 


त्यस्ता रिक्त सिटमा र्‍यापअप प्रणालीमार्फत पुनः मनोनयन गरिनेछ ।


पहिलो र दोस्रो चरणमा छनोट हुन नसकेका तर प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरूका लागि साउन १६ पछि रिक्त सिटमा भर्ना सम्बन्धी सूचना सार्वजनिक गरिने निमित्त शिक्षा विभाग प्रमुख केशव ज्ञवालीले जानकारी दिएको छ । 


यसमा विषय र शिक्षण संस्थाको प्राथमिकता हेरिनेछ ।

 

 


१४ हजार बढी विद्यार्थीको प्रतिस्पर्धा


कक्षा १० को पाठ्यक्रममा आधारित प्रवेश परीक्षा २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए । 


१०० पूर्णाङ्कको बहुवैकल्पिक प्रश्नमा गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञान समावेश थियो ।


परीक्षामा १०,८६७ विद्यार्थीले ४०५ अंक कटाएर उत्तीर्ण गरेका थिए ।

 
देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन प्राप्त भएकामा पहिलो चरणसहित १६,१३७ विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन ।


छनोटमा प्राथमिकता र आरक्षण


छात्रवृत्तिमा नाम समावेश हुने मनोनयन सूची विद्यार्थीको प्राप्त अङ्क र आवेदनमा उल्लेख भएको शिक्षण संस्थाको प्राथमिकताका आधारमा तयार गरिएको हो ।


साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौं महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।


त्यस्तै आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका विद्यार्थी, शहीद/बेपत्तारद्वन्द्वपीडित परिवारका विद्यार्थीहरू समावेश छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex