७ जेठ २०८१, सोमबार
Header

काठमाडौँ प्लाजामा महानगरको पहिलो बैठक, जेठ १० भित्र बजेट कार्यक्रम पेश गरिसक्नु पर्ने


प्रकाशित: आईतवार, ३१ बैशाख २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं प्लाजामा काठमाडौं महानगरको पहिलो बैठक बसेको छ ।


आईतवारमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नेतृत्वमा सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) को बैठक बसेको हो ।


बैठकमा अधिकारीले आर्थिक बर्षको सिलिङ् नबढ्ने गरी, कार्यान्वयन योग्य कार्यक्रम तर्जुमा गर्न निर्देशन दिँदै आगामी बर्षको कार्यक्रम तर्जुमा गरेर ज्येष्ठ १० गतेभित्र पेश गरिसक्नु पर्ने बताए ।  


‘महानगर गौरवका योजना के हुन सक्छन ? सोच र परिकल्पना पत्र निर्माण गर्नेस ।’ अधिकारीले भने ‘हामीले महानगर कस्तो बनाउन चाहेका छौँ । कार्यक्रमबाट देखिनु पर्छ । यी कार्यक्रम नागरिकसँग जोडिने खालका हुनुपर्छ । कार्यान्वयन योग्य हुनुपर्छ ।’


महानगरका विभागहरुमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सरि सकेका छन । 


अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय जेठ ३ गतेभित्र, सहकारी विभाग जेठ ६ गतेभित्र, सहरी व्यवस्थापन विभाग जेठ ८ गतेभित्र प्लाजामा सरि सक्ने योजनामा छन । 


प्लाजाको वाहिर सेतो पृष्ठभूमिमा रातो अक्षरले महानगरपालिका लेखेको बोर्ड राखिसकिएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD