७ जेठ २०८१, सोमबार
Header

काठमाडौँ उप–प्रमुख चीन प्रस्थान


प्रकाशित: सोमबार, २५ वैशाख २०८०, १३ः०१
- महानगर खबर

काठमाडौँ । चीनको छाङ्सा शहरमा हुने छाङ्सा फ्याग्रान्ट टुरिज्म वर्ड समिटमा भाग लिन काठमाडौँ महानगरपालिकाका उप–मेयर सुनीता डंगोल आज विहान त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।

 

उहाँका साथमा कार्यपालिका सदस्य मैँयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नूरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराई भ्रमण टोलीमा रहनुभएको छ । उक्त सम्मेलन वैशाख २६ गते देखि २९ गतेसम्म हुने जनाइएको छ ।

 

वर्ल्ड टुरिज्म सिटीज फेडरेसनको आयोजनामा हुने उक्त सम्मेलनमा काठमाडौँ महानगर क्षेत्रको कला, संस्कृति, पर्यटन  प्रबर्द्धनका   लागि काठमाडौँ महानगरले गरेको असल अभ्यासहरूका सम्बन्धमा उप–प्रमुख डंगोलबाट प्रस्तुतीकरण हुनेछ ।

 

 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD