१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौँको वानेश्वर शंखधरपार्कमा वाटर एटीएम सञ्चालन


प्रकाशित: सोमवार, १३ बैशाख २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँका बानेश्वरस्थित छक्कुपार्क र शखधर पार्कमा वाटर एटिएम सञ्चालनमा आएको छ । 


सोमवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले वाटर एटिएमको शुभारम्भ गरेका हुन । 


एटिएमको उद्घाटनपछि प्रमुख शाक्यले भने,‘ ‘अहिले उपभोक्तालाई नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने बाध्यता छ । एटीएम जडानपछि उपभोक्ताको यो बाध्यता अन्त्य हुनेछ । मेसिनमा सिक्का खसालेर आफूलाई चाहिने जति मात्र पानी किन्न सकिन्छ ।’ 


महानगरले महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।


यस अघि गएको माघ २९ गते शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा ल्याईसकिएको छ ।


महानगरले यस ठाउँलाई ‘जरुंहिति’ नाम दिएको छ । वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर वटुवा प्यास मेटाउँथे ।


उद्घाटन कार्यक्रमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा १० का अध्यक्ष रामकुमार के. सी. र वडा ४ का अध्यक्ष मोहनबहादुर विष्टले वाटर एटिएमको महत्व र चर्चा गरेका थिए ।


काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD