१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाठौं महानगरले घुम्ती खाद्य अनुगमन तथा परीक्षण गर्ने


प्रकाशित: आइतवार, ४ चैत्र २०८१, १५ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउन खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षण गर्ने भएको छ । 


यसका लागि महानगरपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । 


आइतवार एक कार्यक्रमविच महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन ।


संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । 


अन्य व्यवस्थापन संयुक्त रुपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ । 


अनुगमन निरीक्षण सम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउनेछ । 


‘स्थानीय तह आफैँसँग खाद्य प्रयोगशाला हुन सकोस् । आफैँ अनुगमन, परीक्षण र नियमन गर्न सकुन्, भन्ने मनसाय राखेर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले स्थानीय तहलाई आफैँ प्रयोगशाला स्थापना गर्न तथा सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । 


हस्ताक्षर कार्यक्रममा महानगरपालिकाको प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्ले, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित पदाधिकारीहरु सहभागी थिए ।

 

17 March 2025, Monday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex