२५ बैशाख २०८१, मंगलबार
Header

काटिएको उद्योगीको लाईन जोडिने, महसुल छानविन समिति गठन


प्रकाशित: मंगलवार, २४ पुस २०८०, १७ः१५ बजे
- महानगरखबर

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले काटेको उद्योगीहरुको लाइन जोडिने भएको छ । 


मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न एक समिति गठन गर्दै काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई भनेको छ । 


सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको छ । 


६१ उद्योगीले लोडसेडिङका बेला लिएको डेडिकेटेड र ट्रंक लाइन विद्युत सुविधाको महसुल नतिरहेपछि प्राधिकरणले पछिल्लो दुई सातामा २४ उद्योगका लाइन काटिदिएको थियो ।


समितिमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय भएको वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD