३ भाद्र २०८३, बुधबार
Header

काटिएका उद्योगका लाइनहरु जोडिए


प्रकाशित: बुधवार, २८ कात्तिक २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौँ । मन्त्रीपरिषदको निर्णयपछि नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगका लाइनहरु जोडिदिएका छन ।


विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेपछि अधिकांश उद्योगहरुको लाइन जोडिदिएका हुन । 


आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । 


प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै २८ उद्योगमा बिजुली काटेको थियो । किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि १२ उद्योगमा तिहारअघि नै बिजुली जोडिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex