१३ भाद्र २०८३, शनिबार
Header

काङ्ग्रेस सभापति देउवा ६ दिने जिल्ला भ्रमणमा 


प्रकाशित: बुधवार, २२ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ दिने जिल्ला भ्रमणमा जाने भएको छ । 


सभापति देउवा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुने भएको छ । 


काङ्ग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार पार्टी सभापति देउवाले प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । 


सभापति देउवा बिहीबार बिहान विराटनगर प्रस्थान गर्ने छन् र मोरङबाट काङ्ग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछ । 


सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई भई काठमाडौं आउने कार्यक्रम छ । 


भ्रमण तालिका अनुसार सभापति देउवा फागुन २४ गते पोखरा, फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी हुँदै सडक मार्गबाट बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ काङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्ने कार्यक्रम छ  । सोही दिन उहाँ बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छ । 


फागुन २७ गते सभापति देउवा बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र काङ्ग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्नेछ । त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex