२७ बैशाख २०८१, बिहिबार
Header

काक्षा १२ परीक्षा सुरु, तिनलाख ९० हजार बढि परीक्षार्थी सहभागी


काठमाडौं । आज विहान (शुक्रवार) ८ बजेबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । 


राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार विहानबाट सुरु भएका परीक्षा ११ बजे सकिने छ । परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । 


वोर्डका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार  ८४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन। 


त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन । 


बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । 


सबैभन्दा बढी काठमाडौंमा एक सय ४४ र मनाङरमुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । 


पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD