८ बैशाख २०८१, शनिबार
Header

कांग्रेस सभासद आलम पक्राउ, ५ जनाको हत्या गरेको आरोप


प्रकाशित: आईतबार, २६ असोज २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका सभासद मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । 


प्रहरीले सभासद आलमलाई आईतबार विहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरको हो । 


रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई पाँच जनाको हत्या आरोपमा पक्राउ गरेको बताएको छ । २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ ।


प्रहरी जाहेरी अनुसार आलमले भारतबाट केही मानिसलाई भाडामा ल्याई बम बनाउन प्रयोग गरेका थिए तर बम पड्केर केही घाईते भएपछि घट्ना लुकाउन घाईतेलाई ईटा भट्टामा पोलेर मारेको आरोप छ । बम बनाउन केही नेपालीहरुलाई प्रयोग गरेका थिए ।


सोही घट्नालाई लिएर दुई जना नेपाली परिवारले आलमविरूद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरेका हो । 


आलम रौतहट –२ बाट प्रतिनिधि सभा सदस्य छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD