८ बैशाख २०८१, शनिबार
Header

कांग्रेस सभापतिमा देउवाको जित, अन्य पदाधिकारीहरुको आजैबाट मतगणना गरिने


प्रकाशित: बुधवार, २९ मंसिर २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन । 


मंगलबार भएको दोस्रो चरणको मतदानमा देउवाल २ हजार ७३३ मत पाएर सभापतिमा निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी शेखर १ हजार ८५५ मत पाए ।


कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । 


नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट शुरु हुने भएको छ । 


निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतगणना बुधबार अपरान्हदेखि शुरू हुनेछ ।  


पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए । मंसिर २४ गतेदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD