७ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेस सभापतिको लागि देउवा र कोईरालविच पुनः मतदान हुने


प्रकाशित: मंगलवार, २८ मंसिर २०७८, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । सभापति पदको लागि शेरबहादुर देउवाले बहुमत पुराउन नसकेपछि पुनः मतदान हुने भएको छ । 


पहिलो चरणको निर्वाचनमा देउवाले कांग्रेसको विधान अनुसार ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा जानु परेको हो । 


मंगलबार विहान सकिएको मतदान परिणाम अनुसार देउवाले २२५८ मत प्राप्त गरेका छन । सभापति पद जित्नको लागि २३४० मत आवश्यक हुन्छ । 


सभातिका अर्का उम्मेदवार शेखर कोईरालाले १७०२, प्रकाशनमा सिंहले ३७१, विमेलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका छन । 


महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७७ मत बदर भएको थियो ।


कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।


सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD