काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले शनिवार दिउँसो १ बर्जे याली निकाल्ने भएको छ ।
समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार शनिबार दिउँसो १ बजे भृकुटीमण्डपबाट र्याली सुरू भई बागबजार घुमेर पुनः भृकुटीमण्डपमै समापन हुनेछ ।
विशेष महाधिवेशन पुस २७ र २८ गते हुँदैछ र महाधिवेशन स्थल वरपर नेता तथा कार्यकर्ताको चहलपहल बढ्दै गएको छ ।
Categorized in राष्ट्रिय