काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेता पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई नियन्त्रणमा लिएको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको हो ।
पौडेलले तनहुँ व्यासस्थित तालघरे–दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो तर नेकपाका कार्यकर्ताहरुले ेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले विरोध जनाएको थियो ।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन ।
सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन ।
Categorized in राष्ट्रिय