१५ बैशाख २०८१, शनिबार
Header

कांग्रेस र समाजवादीले टुंगायो उम्मेदवार, आज उम्मेदावरी दर्ता (सुचिसहित)


प्रकाशित: सोमवार, २३ पुस २०८०, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा लागि उम्मेदवारी टुंगो लगाएको छ । 


सोमबार विहान कांग्रेसले सत्ता गठबन्धनबाट आफ्नो भागमा परेको १० सिटका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । 


कोशीमा अन्यबाट पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन । उनले विराटनागरबाट आफ्नो उम्मेदवारी मनोनयन गरिसकेको छन । 


मधेशमा आनन्द प्रसाद ढुंगानाले पनि (अन्यबाट) टिकट पाएका छन । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हन ।


वाग्मतीमा महिलाबाट विष्णु देवी पुडासैनी र अन्यबाट जितजंग बस्नेतले टिकट पाएका छन । विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन ।


त्यसैगरी अन्य कोटाबाट गण्डकीमा किरण बाबु श्रेष्ठ र अपांगतबाट पदम बहादुर परियारले टिकट पाएका हुन ।


लुम्बिनीमा महिला कोटाबाट विष्णु देवी सापकोटाले टिकट पाएकी छन । गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन ।


कर्णालीमा अन्यबाट प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छने । सुदूरपश्चिममा अपाङगता कोटाबाट नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका हुन ।


भट्ट कैलालीका पार्टी सभापति र बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन ।


त्यसैगरी, सोमबार बिहान एकिकृत समाजवादीले उम्मेदार छनौटका कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको छ । 


समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ ।


कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 


आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD