७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेस महासमिति बैठकको तयारी पुरा, के छ त एजेण्डा र सहभागीता


प्रकाशित: आइतवार, ६ फागुन २०८०, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी लगभग पुरा भएको जनाएको छ । 


भोलि (सोमवार) ललितपुरको गोदावारीमा हुन गईरहको महासमिति बैठकको तयारी र एजेण्डा र सहभातिबारे कांग्रेसले विज्ञप्ती जारी जानकारी दिएको छ । 


कांग्रेसका प्रचार प्रसार उपसमितिका संयोजक मिनबहादुर विश्वकर्माका अनुसार बैठकमा केन्द्रीय समितिका १६५ जना, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापति लगायत सहभागी हुनेछन ।


महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिको आधिकारिक संख्या २ हजार १०५ हुने पार्टीले जनाएको छ ।


दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको प्रचार प्रचार उपसंयोजक विश्वकर्माले बताएका छन । 


महासमिति बैठकको ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ मूल नारा बनाइएको छ ।


बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने छ ।


नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन । महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ ।


त्यसैगरी, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन गर्ने छन भने लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन ।


नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । 


फागुन १० गते सम्म चल्ने यस महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपियाँ शुल्क समेत तोकिएको छ । 


महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नु पर्ने छ ।  बिहानको नास्ता र दिउँसोको खाना महासमिति बैठक हलमा व्यवस्था गरिने छ ।


भोजन व्यवस्थापन उपसमितिका संयोजक उदयशमसेर राणाले २५ सय देखि ३ हजारसम्मका लागि खाना खाने गरी व्यवस्था मिलाइएको बताए ।


महासमिति बैठकबाट आवाससम्म पुग्नका लागि २० वटा निशुल्क बसको व्यवस्था गरिने छ । 


महासमिति बैठकमा हिन्दु ऐजेण्डाबारे छलफल हुने चर्चा चलेपनि सो एजेण्डा प्रतिवेनदमा समावेशन भएको प्रचार प्रसार उपसंयोजक विश्वकर्माले स्पष्ट पारेका छन ।


महासमिति बैठकको एजेण्डा बन्ने भए केन्द्रीय समितिको पनि एजेण्डा भइसक्ने उनले बताए ।


‘सभापतिले छलफल गर्न चाहेको भए केन्द्रीय समितिमा प्रस्ताव आउने थियो । सभापतिले नचाहेकै कारणले आधिकारिक प्रस्ताव भएन,’ विश्वकर्माले भने ।


महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा पनि छलफलमा राख्नका लागि २२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित केन्द्रीय समिति बैठकमा माग गरेका थिए ।


हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दामा व्यक्ति विशेषले धारणा राख्न पाउने तर आधिकारीक एजेण्डा नहुने उनले बताए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex