१५ बैशाख २०८१, शनिबार
Header

कांग्रेस महामन्त्री पदका उम्मेदार गगन थापाले गरे अवधारणा पत्र सार्वजनिक


प्रकाशित: विहिवार, २३ मंसिर २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदार गगन कुमार थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन । 


महाधिवेशनको पूर्वसन्धयामा कांग्रेस युवा नेता थापाले विहिवार एक वृहत कार्यक्रमविच अवधारणा पत्र बारे आफना धारणा राखेका थिए । 


‘सम्मुन्नत नेपालः सम्मानित नेपाली’ नारा दिएको सो अवधारणा पत्रले महाधिवेशनपछि नेपाली कांग्रेसको लाईन र कार्यदिशा के हो भन्ने बारे प्रष्ट पार्ने थापाले बताएका छन । 


पार्टी पुनर्जागरण र रुपान्तरणको लागि आफूले पेस गरेको अवधारणा पत्र सार्थक र महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका थिए । 


थापाले भने,‘अब देखिने, सुनिने, बुझिने र महशुस गर्ने कांग्रेस चाहिएको छ । महामन्त्री भएको दिनदेखि ४ बर्षसम्म अहारोत्र खटेर कांग्रेसलाई सबैको कांग्रेस बनाउँछु ।’


‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।

 

 


‘कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र होइन, पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो’ उनले भने, ‘महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’


उनले समुन्नत नेपाल कुनै गन्तव्य नभएको भन्दै यो निरन्तरको यात्रा हुने पनि बताए । कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैं बलियो बन्ने र नागरिकहरु पार्टीमा जोडिँदै आउने बताए ।


थापाले पार्टी चुनाव जित्न र सरकार चलाउन हो भन्ने नठान्न पनि आग्रह गरे । थापले १५ बुँदे धारणा पत्रबारे संक्षिप्त रुपमा ब्याख्या गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD