१४ बैशाख २०८१, शुक्रबार
Header

कांग्रेस महाधिवेशनः मंसिरमै सम्पन्न गर्ने गरी कार्यतलिका बनाउन देउवाको निर्देशन


प्रकाशित: मंगलवार, ९ कातिक २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको १० औं महाधिवेशन तय भएको मितिमा गर्न नसकिने निर्वाचन समितिले बताएको छ ।


महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।


निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त मितिमा गर्न नसकिने जनाएपछि सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ । 


पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेकोले तोकिएको समयमा महाधिवेशन गर्न नसेको समितिका सदस्य अधिवक्ता घिमिरेको गुनासो छ ।


निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD