१३ बैशाख २०८१, बिहिबार
Header

कांग्रेस नेता सिंहद्धारा वडा ३१ स्थित पञ्चकुमारी मन्दिरका उदघाटन


प्रकाशित: विहिवार, २१ असोज २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले काठमार्डौ महानगरको ३१ वडा स्थित पुननिर्मित पञ्चकुमारी मन्दिरको उद्घाटन गरेका छन । 


विहिवार एक कार्यक्रमविच मन्त्रीले सो मन्दिरको उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘जनसरोकारका विषय राजनीतिभन्दा माथि हुने उल्लेख गर्नुभयो । विकासका मुद्दा साझा हुन् । यसबाट सबैलाई लाभ हुन्छ । यस्ता विषयलाई राजनीति रङ्ग दिएर अपवित्र बनाउन हुँदैन ।’


सिंहको सघीय संसदको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सिंहबाट प्राप्त करीब १२ लाख रुपैयाँ, काठमाडौँ महानगरपालिकाको ३० लाख रुपैयाँ र स्थानीय तथा दाताहरुबाट प्राप्त करीव १३ लाख रुपैयाँबाट मन्दिर पुननिर्माण गरिएको हो । 


आज विधिवतरुमा पञ्चकुमारी मार्गमा रहेको मन्दिर पूजाआजा गरेर सर्वसाधरणको लागि मन्दिर खुल्ला गरिएको हो ।


सो अवसरमा प्रदेश सभा सदस्यहरु दीपेन्द्र श्रेष्ठ, गणेश दुलाल र राजेन्द्र गुरुङ्ले, सम्पदाको भौतिक अवस्था सुधार गर्दा सुन्दरता र सामाजिक सद्भाव सँगै बढ्ने विचार राखेका थिए । 


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकाले नीतिगत निर्णय र बजेटको प्रबन्ध गरेर सम्पदालाई जीवन दिइरहे बताउँदै पञ्चकुमारी मन्दिर यसैको उदाहरण भएको उल्लेख गरिन । 


पञ्चकुमारी विकास समितिका अध्यक्ष शम्भु के. सी.का अनुसार खरिको बोटमुनि रहेकी देवीको आराधना गरेपछि मनोकांक्षा पूरा हुने विश्वाश छ । यो परम्परादेखि चलिआएको विश्वाश हो ।


कार्यक्रममा जेष्ठ नागरिक र दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा ३१ क अध्यक्ष नारायण भण्डारीसहित जनप्रतिनिधिहरु र जनसाधारण सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD