६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस नेता पौडेल रिहा


प्रकाशित: बुधवार, १७ मंसिर २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौ । पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले रिहा भएका छन । 


निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेता पौडेललाई प्रहरी हिरासतबाट ३ घण्टापछि रिहा भएका हुन । 


तनहुको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।


पौडेलले तनहुँ व्यासस्थित तालघरे–दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो तर नेकपाका कार्यकर्ताहरुले ेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले विरोध जनाएको थियो । 


यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका थिए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका थिए ।


सभापति देउवाले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex