२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस नेता जोशीको स्वास्थ्य सुधारोन्मुख


प्रकाशित: आईतवार, १६ फागुन २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको चिकित्सकले बताएका छन । 


जोशीको उपचारका संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको छ । 


आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका छन भने जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको डा. झाले बताए ।


शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex