२५ बैशाख २०८१, मंगलबार
Header

कांग्रेस नेता केसीको प्रस्तावः ५सय र हजारको नोट प्रतिवन्ध लगाऔं


प्रकाशित: बुधवार, ९ फागुन २०८०, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीको महासमिति बैठकमा एकहजार र ५ सयका नोत प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका छन । 


नेता केसीले बैठकमा देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गनुपर्ने आवश्यकता रहेको बताएका छन ।


 उनले भने, ‘त्यसैले एकहजार र पाँचसयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ ।’


राजनीतिमा लागेका हामीजस्ता व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेको, कोठाभरि पैसाको गोदाम नै बनाएका छन भन्ने जनतामा भ्रमपूर्ण सन्देश लगिएको छ । 


माफिया, विचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन भन्ने आम विश्वास छ । 


उनले बैठकमा सम्पूर्ण चर्चित भ्रष्टाचारका काण्डहरूको छानबिनको लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा देशले भरोसा गर्नसक्ने व्यक्तिहरूको शक्तिसम्पन्न न्यायिक आयोग गठनको प्रतिबद्धता गर्नु पर्नेमा जोड दिए । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD