१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


प्रकाशित: सोमबार, ४ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसको सोमबार विहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने भएको छ । 


पार्टी कार्यलय सानेपामा बस्ने सो बैठकमा पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय लिने जनाएको छ । 


त्यसैगरी पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 


केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । 


संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex