काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको समितिका एक पदाधिकारले बताएका छन ।
सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएकोमा निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।
खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए ।

Categorized in राष्ट्रिय