काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचणमा १५ जना आदिवासी जनजाति निर्वाचित भएका छन ।
आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा खुलातर्फ ८ र महिलातर्फ ७ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका छन ।
महिलातर्फ निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको छ ।
Categorized in राष्ट्रिय