१२ भाद्र २०८३, शुक्रबार
Header

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक ९ गते


प्रकाशित: शुक्रवार, ७ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आईतबार बस्ने भएको छ ।


पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफलको लागि बैठक आव्हान गरिएको बताएको छ । 


महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । 


बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex