१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

कांग्रेस काठमाडौं क्षेत्र नं. ८ को क्षेत्रीय प्रतिनिधि भेला सम्पन्न (तस्वीरहरु)


प्रकाशित: विहिवार, ११ पुस २०८१, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्र नं. ८ का क्षेत्रिय प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ ।


विहिवार काठमाडौंमा राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो ।


कांग्रेसका १०० दिने विशेष अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा क्षेत्रीय प्रतिनिधि  भेलाको आयोजना गरिएको थियो । 

 


नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ८ का सभापति राजेश कुमार श्रेष्ठको सभापतित्वमा उक्त भेलाको आयोजना गरिएको हो । 


नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने गरी समय थप गरेको हो । 


केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो । 

 


कांग्रेसले यस अभियान असोज ७ गते सुरू गरेको थियो । यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी गरिएको थियो । 


कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex