काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आइतवार काठमाडौं महानगरपालिका–२४ को वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अमूल्य स्थापितको नेतृत्वमा १६ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित सभापति स्थापितलाई आजै पूर्वसभापति विनोदकुमार राजभण्डारीले पद हस्तान्तरण गरेका छन । राजभण्डारी आजको अधिवेशनबाट (खुला) क्षेत्रिय प्रतिनिधिमा चयन भएका छन ।
वडा उपसभापतिमा सुनिता महर्जन र तजरत्न महर्जन, सचिवमा सरोज शाक्य, सहसचिवमा सुवास शर्मा तथा कोषाध्यक्षमा प्रतिभा पालिखेल निर्वाचित भएका छन ।
त्यस्तै, वडा कार्यसमिति सदस्यमा सबिना ताम्राकार, रमाकुमारी श्रेष्ठ, उमिदा सिंह, दिनेश महर्जन, रामकृष्ण वैद्य, उमेशमान सिंह, सीता फैजु, रत्नकुमार मानन्धर, श्रीदीप महर्जन र पुरुषोत्तम सुवेदी राजोपाध्याय चयन भएका छन ।
वडा अधिवेशनले विभिन्न समूह तथा समावेशी क्लस्टरबाट चुनिएका थप क्षेत्रीय प्रतिनिधिहरुमा (खुला)राजेन्द्रराम श्रेष्ठ, कृष्णमान सिंह, रुपकमान सिंह र अजर मानन्धर चयन भएका छन ।
त्यसैगरी, महिला खुलातर्फ राज्यकुमारी राजवंश, कृष्णा अमात्य र त्रिपुरा लक्ष्मी जोशी क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन ।
पेशागततर्फ इन्द्रमान सिंह सुवाल , प्रजातन्त्र सेनानीतर्फ अमृतमान बज्राचार्य, श्यामदेवी अमात्य, युवा विधाबाट उन्नति अमात्य, तजरत्न महर्जन र रोहित राजभण्डारी चयन भएका छन ।
अल्पसंख्यकबाट धर्मरत्न पार्छे खस–आर्यतर्फ श्रीनिवास शर्मा राजोपाध्याय, मधेसीतर्फ गोविन्द अग्रवाल, आदिवासी जनजातिबाट प्रचण्डमान श्रेष्ठ, समानुपातिक महिलातर्फ बाबा सिंह र श्रमिकतर्फ शारदा लक्ष्मी श्रेष्ठ चयन भएका छन ।
Categorized in स्थानिय