६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस, एमाले, एमाओवादी, रास्वपा, र राप्रपाले टंगो लगायो समानुपातिक सांसद (विस्तृत)


प्रकाशित: शनिवार, २४ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाएको छ ।


शनिवार बसेको कांग्रेस पदाधिकारी बैठकले ३ जना पुरुषमा खस आर्यबाट प्रकाशरण महत, मेधशीबाट विमलेन्द्र निधि र दलितबाट जीवन परियारलाई चयन गरेको छ । 


त्यसैगरी ३३ प्रतिशत महिला चयन गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार बैठकले २९ जना महिला सांसदको नाम पनि टुंगो लगाएको छ । 


खर्स आर्यबाट डा. आरजु राणा देउवा, अम्बिका बस्नेत, सरिता प्रसाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोईराला पौडयाल, कान्तिका सेजुवाल, मैना रावललाई चयन गरिएको छ ।

 
आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन ।  


मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ । मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएकी छिन । 

 

नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ ।  प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने भएको हो ।


नेकपा एमालेले पनि समानुपाति सांसदको नाम टंगो लगाएको छ । 


एमालेले खास आर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बरालको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।


त्यसैगरी, आदिवासी जनजाति महिलातर्फबाट नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम चयन गरिएको छ । 


पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम आयोगमा सिफारिस गरिएको छ भने । त्यसैगरी, देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई छन । 


दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हराजा दुसाध र चन्द्र विक रहेका छन । महिलार्फको क्लष्टरमा रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । 


मधेशीतर्फ गंगाप्रसाद यादव र अमृतलाल राजवंशी, महिलातर्फ विना देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी रहेका छन् । मुस्लिमतर्फ सराज अहमद फारुकी रहेका छन । समानुपातिकतर्फ ३४ स्थानमा प्राप्त गरेको छ ।

 

त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्राप्त गरेको १४ समानुपातिक सांसदको नाम आयोगलाई सिफारिस गरेको छ । 


१४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन भन् १२ जना महिला रहेका छन ।


आदिवासी जनजाति महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङको नाम चयन गरिएको छ । 


त्यसैगरी खस आर्यबाट हितराज पाण्डे (पुरुष), महिला क्लस्टरबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र रुपासोसी चौधरी (थारु)को नाम सिफारिस गरिएको हो । 


दलित समुदायबाट रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी, मधेशीबाट मीना यादव, अमरावती देवी यादव र पिछडिएको क्षेत्र कल्पना मियाँ सांसद भएकी छिन । 


त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ ।


रास्वपाले खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन । 


दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठको नाम सांसदमा सिफारिस गरिएको छ ।

 

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन । 


त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ ।


राप्रपाले खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेतलाई चयन गरेको छ ।


आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex