१० भाद्र २०८३, बुधबार
Header

कांग्रेसले ३३ प्रतिशत महिला पुुराउन सामनुपातिकबाट २९ जना ल्याउनु पर्ने


प्रकाशित: विहिवार, १५ मंसिर २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा ३३ प्रतिशत पुुराउन सामनुपातिकतर्फबाट २९ जना ल्याउनु पर्ने छ । 


संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने हरेक राजनीतिक दलले एक तिहाई महिला पठाउनै पर्ने बाध्यकारी प्रावधान छ ।

 
पछिल्लो मतपरिणाम अनुसार प्रत्यक्षमा ५५ र समानुपातिकमा ३२ सिट गरेर ८७ सिट पुुगेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना जारी  छ। त्यहाँ कांग्रेसका उम्मेदवार निर्वाचित भएको परिस्थितिमा प्रत्यक्षमा कांग्रेसको ५७ सिट पुग्ने संभावना छ । 


प्रतिनिधिसाभा कांग्रेसका तेह्रथुमबाट १ जना महिला सीता गुरूङ मात्र बिजयी भएकी छिन । संघीय संसद भन्नाले प्रतिनिधिसभा र राष्टिय सभा सम्मिलित संसदलाई बुझिन्छ । 


जस अुनसार राष्टिय सभामा कांग्रेसका १० जना संसद छन । महिला ३ जना रहेको छ । समग्र हिसाव गर्दा कांग्रेसको ९७ सांसद हुने देखिन्छ । ९७ मा ३३ प्रतिशत महिलाको संसदका उपस्थित गराउनु पर्ने देखिन्छ ।

 
यस अनुसार कांग्रेसले ३३ प्रतिशत पुराउन समानुपाति सुचिबाट २९ जना महिला संसद चयन गर्नु पर्ने देखिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex