काठमाडौं । जारी मतगणनामा अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा ३२ सिट जितेको छ ।
कांग्रेसले २१ स्थानमा अग्रता लिईरहेको छ भने सामनुपातिक तर्फ ५ लाख ७२ हजार ६९८ मत प्राप्त गरेका छन ।
नेकपा एमालेले २० सिट जितेको छ भने २७ ठाँउमा अग्रता लिएका छन । सामानुपातिक तर्फ एमालले ६ लाख ३ हजार ८ मत पाएका छन ।
त्यसैगरी नेकपा माओवादी केन्द्र सिट संख्या ९ जितेका छ भने ८ स्थानमा अग्रता लिएका छन । सामनुपातिकमा २ लाख ७८ हजार ६२ मत प्राप्त गरेका छन ।
नेकपा एकिकृत समाजवादीले ७ सिट जितेका छन भने ३ स्थानमा अग्रता लिईरहेका छन । समाजवादीले ४० हजार ६७८ सामानुपातिक मत पाएका छन ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७ सिट जितेका छन भने १ स्थानमा अघि देखिएको छ । रास्वपाले ३ लाख ९ हजार ६७ सामानुपातिक तर्फ मत ल्याएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेका छन भने ३ स्थानमा अग्रता बढाएका छन । समानुपातिक तर्फ १ लाख ६८ हजार ८११ मत पाएका छन ।
जनता समाजवादी पार्टीले २ सिट जितेका छन । ६ क्षेत्रमा अघि देखिएको छ । ७५ हजार ७८७ समानुपातिक मत पाएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीले पनि २ सिटमा जितेका छन भने ४ स्थानमा अघि छन । त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन ।
Categorized in राष्ट्रिय