काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ ।
उक्त प्रतिज्ञा पत्रमार्फत पार्टीले मुलुकको आर्थिक विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा विभिन्न दीर्घकालीन भिजनहरू अघि सारेको जनाएको छ ।
पार्टीले प्रतिज्ञा पत्रमा उल्लेखित योजनाहरू कार्यान्वयन गर्न स्पष्ट रणनीति र चरणबद्ध कार्ययोजना समेत प्रस्तुत गरेको दाबी गरेको छ ।
घोषणापत्रमार्फत कांग्रेसले नागरिकको जीवनस्तर उकास्ने, लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ गर्ने तथा समावेशी विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
कांग्रेसले आगामी निर्वाचनमा मतदाताबाट विश्वास प्राप्त हुने अपेक्षा व्यक्त गर्दै प्रतिज्ञा पत्रलाई आफ्नो मार्गदर्शक दस्तावेजका रूपमा अघि बढाउने जनाएको छ ।
घोषणपत्र हेर्न यहाँ क्लिक गर्नुहोसः

Categorized in राष्ट्रिय