२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कांग्रेसले सामानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने


प्रकाशित: आइतवार, १५ चैत २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था आफ्नो विधानमै समावेश गरेको जनाएको छ ।


नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा पार्टीले यस्तो प्रावधानबारे जानकारी गराएको हो ।


उपसभापति विश्वप्रकाश शर्माले ‘संसदीय सचेतना कार्यक्रम’ अन्तर्गत बोल्दै परिमार्जित विधानमा रहेको उक्त व्यवस्थाबारे स्पष्ट पारे । 


गत पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशनबाट संशोधित विधानको दफा ४० मा समानुपातिक सांसद फिर्ता बोलाउने प्रावधान समावेश गरिएको छ ।

 
उक्त दफामा चार उपदफा रहेको बताउँदै शर्माले ती प्रावधानहरूको व्याख्यासमेत गरेका थिए ।


कांग्रेसका अनुसार समानुपातिक सांसदलाई जवाफदेही र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो । पार्टीले निम्न अवस्थाहरूमा सांसद फिर्ता बोलाउन सक्नेछः


– प्रचलित कानुन विपरीत कार्य गरेमा


– पार्टीको निर्देशन तथा मूल्यमान्यताविपरीत काम गरेमा


– कार्यसम्पादन सन्तोषजनक नभएमा


– आवश्यक ठानेमा जुनसुकै बेला


पार्टीले यो व्यवस्था निर्वाचन आयोगबाट स्वीकृत भइसकेको दाबी गरेको छ । साथै सांसदहरूको सुझावका आधारमा थप निर्देशिका बनाउने तयारी भइरहेको पनि जनाएको छ ।


हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो ।  


शनिबार आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex