काठमाडौं । नेपाली कांग्रेसले भोली( शनिवार) संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको जनाएको छ ।
महामन्त्री शर्माको संयोजकत्वमा निर्माण भएको घोषणापत्र प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ ।
यस अघिनै घोषणापत्र सावर्जनिक गरिने भनिएपछि ढिला भएको थियो । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ ।
घोषणापत्र वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका हुन ।
Categorized in राष्ट्रिय