१७ बैशाख २०८१, सोमबार
Header

कांग्रेसले ल्यायो युवा लक्षित कार्यक्रम पोलिसी ह्याकाथन, बिजेताले ३ लाख पाउने


प्रकाशित: शनिवार, २७ साउन २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले युवा लक्षित एक कार्यक्रमको घोषणा गरेका छन । 


शनिवार केन्द्रिय कार्यालय सानेपास्थित आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय दिवसको अवसरमा पारेर कार्यक्रमबारे जानकारी दिएको हो । 


युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको जानकारी दिए । 


यस कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका ३ देखि ५ जना युवाहरूले समूह बनाएर भाग लिन पाउनेछन् ।


कांग्रेस सहमहामन्त्री जीवन परियार अनुसार ह्याकाथनमा भाग लिनेहरूले गिग इकोनोमी वा क्लाइमेट एक्सनमध्ये एक विषयमा नीतिपत्र तयार गरी सो नीतिपत्रसहित भदौ ३ गतेभित्र आवेदन दिनु पर्नेछ । 


हरेक नीतिपत्र कम्तीमा ३ हजार शब्ददेखि ५ हजार शब्दसम्मको हुनुपर्ने उनले पत्रकार सम्मेलनमा बताए । 


प्राप्त आवेदन मध्येबाट उत्कृष्ट १० वटा नीतिपत्रहरू फाइनलका लागि छनौट गरिने छ र  छनौट भएका १० वटा समूहलाई हामीले मेन्टर उपलब्ध गराईनेछ । 


मेन्टरको सहायतामा नीतिपत्रलाई थप सिर्जनात्मक र व्यवस्थित बनाउने सहमहमन्त्री परियारले बताउँदै भने निर्णायकहरूबाट उत्कृष्ट नीतिपत्रको छनौट हुनेछ । 


कांग्रेसले ह्याकाथनमा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै, फस्ट रनर अपलाई एक लाख र सेकेन्ड रनरअपलाई ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिने जानकारी दिइयो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD