१७ बैशाख २०८१, सोमबार
Header

कांग्रेसले राष्ट्रिय सभाका अध्यक्ष पदको उम्मेदवारी दिने


प्रकाशित: शनिवार, २६ फागुन २०८०, १७ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।


शनिवार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवारको नामको विषयमा निर्णय गरेको छैन । 


कांग्रेस नेता तथा सांसद अर्जुन नरसिंह केसीका अनुसार कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ ।


अहिले राष्ट्रिय सभाका अध्यक्ष फागुन २० गते रिक्त भएको थियो । सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको पदावधि सकेपछि सो पद खाली भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD