काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने बताएका छन ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार गृहमन्त्री राजीनामा पनि नआउने र छानबिन समिति पनि नबन्ने भएको छ ।
आज बालुवाटारमा सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक पछि सो धारणा आएको हो ।
‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने ?,’ घिमिरेले भने, ‘कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो ।
यता नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपालगायत विपक्षी दलका नेताहरू सहभागी थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादी र रास्वपालगायत विपक्षी दलहरूले माग गर्दै आएका छन्।
माओवादी सांसद माधव सापकोटाका अनुसार विपक्षी दल बैठकले गृहमन्त्रीको राजीनामा माग्ने निष्कर्ष निकालेको बताए भने बजेटबारे सकारात्मक हुने निर्णय पनि भएको छ ।
Categorized in राष्ट्रिय