काठमाडौं । नेपाली कांग्रेस चितवनले पूर्वसभापति एंव पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको नाममा लाखबती बाली महाआरती गर्ने भएको छ ।
कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा नारायणी नदी किनारमा दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बालि महाआरती गर्ने चितवन कांग्रेसले जनाएको छ ।
महाआरतीको लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा गठित समितिले कार्य आरम्भ समेत गरेको छ । नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व. कोइरालाको नाममा समर्पित गरिने भएको छ ।
लाखबत्ती र दीप प्रज्वलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री डा मीनेन्द्र रिजाल लगायत वरिष्ठ नेतागण तथा व्यक्तित्वहरुको उपस्थिती हुने जनाएको छ ।
Categorized in राष्ट्रिय