६ भाद्र २०८३, शनिबार
Header

कांग्रेसले निर्वाचनमा भाग लिने उम्मेदवारबारे जारी गरे नयाँ मापदण्ड


प्रकाशित: बुधवार, १७ मंसिर २०८२, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेसले आगामी निर्वाचनमा भाग लिने उम्मेदवारबारे नया परिपत्र जारी गरेका छन । 


आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा चुनावका लागि कडा मापदण्ड लागू गर्दै अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएकाहरूलाई पुनः समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।


माघ ११ गते निर्धारित राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा सो उल्लेख गरिएको छ ।

 
२०७९ सालमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचित भएकाहरूलाई २०८२ को प्रतिनिधि सभा समानुपातिकतर्फ पुनः उम्मेदवारी दिन नपाइने स्पष्ट उल्लेख छ ।


पार्टी विधानको धारा ३३(२) अनुसार समानुपातिकबाट एकपटक निर्वाचित भएकालाई लगातार दोस्रो कार्यकालमा समानुपातिक सूचिमा राख्न नपाइने पार्टीको नीति पुनः दोहोर्याइएको छ ।


यस्तै, २०७९ को प्रदेश सभा समानुपातिक बन्द–सूचीमा परेका व्यक्तिहरूलाई समेत प्रतिनिधि सभा समानुपातिकतर्फ उमेदवारी सिफारिस गर्न पार्टी इकाइहरूलाई रोक लगाइएको छ ।


स्थानीय तहका जनप्रतिनिधि पनि उम्मेदवार बन्न अयोग्य


२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि यसपालि कुनै पनि तहमा उम्मेदवार सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख गरिएको छ ।


नयाँ मापदण्डमा कडा प्रावधान


१)जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य

 
२) प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा—तीन पदमध्ये एक व्यक्तिले एकै पदका लागि मात्र सिफारिस पाउने । 


३) उम्मेदवारको सिफारिस तोकिएको संख्याभन्दा बढी गर्न नपाइने । 


४) समानुपातिक उम्मेदवारका लागि नागरिकता, मतदाता परिचयपत्र, मतदाता नामावली निस्सा, पार्टी प्रतिवद्धता पत्र, आयोगको स्वघोषणा पत्र, व्यक्तिगत विवरण र सम्पत्ति विवरण फाराम अनिवार्य । 


५) पार्टी विधानको धारा ६९ अनुसार क्रियाशील सदस्य तथा पदाधिकारीहरूले तोकिएको सहयोग रकम (लेवी) बुझाउनु अनिवार्य — लेवी नबुझाउनेले उम्मेदवारी पाउने छैनन ।

 
कांग्रेसले आगामी चुनावमा आन्तरिक सुधार, पृष्ठभूमिका आधारित छनोट र ‘एकचोटि समानुपातिक भने दोहोर्याउन नपाइने’ नीति कडाइका साथ लागू गर्न लागेकाले नयाँ अनुहारलाई प्राथमिकता मिल्ने देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex