काठमाडौं । नेपाली कांग्रेसले चैत ३ मा हुने उपराष्ट्रपति चुनावमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
बुधवार पार्टी कार्यलयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति उम्मदेवार यादवालाई मतदान गर्ने भएको हो ।
गत फागुन २५ मा राष्ट्रपति चुनावमा जसपाले कांग्रेस उम्मेदवारलाई सहयोग गरेको थियो । ८ दलीय गठबन्धनमध्ये अधिकांश दलले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए ।
कांग्रेसले संघीय र प्रदेश सभा सदस्यहरूलाई उपराष्ट्रपति चुनावमा जसपाका यादवलाई मत दिन निर्देशनसमेत दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
Categorized in राष्ट्रिय