१७ बैशाख २०८१, सोमबार
Header

कांग्रेसले जनजाति विभागमा १० जना सदस्य मनोनित गरे


प्रकाशित: शुक्रवार, १६ चैत्र २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले आदिवासी जनजाति विभागमा थप १० सदस्य मनोनित गरेका छन ।


पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन । 


मनोनित हुनेहरुमा धनबहादुर श्रेष्ठ (काठमाडौं), कृष्ण घिसिङ (रामेछाप),  सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा) रहेका छन ।


त्यसैगरी, नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन ।


कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD