१३ भाद्र २०८३, शनिबार
Header

कांग्रेसले छायाँ सरकार बनाउँदै, मन्त्रालयको नाम पेश गर्न संसदलाई आग्रह


प्रकाशित: मंगलवार, २४ पुष २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारलाई काउन्टर दिन प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । 


पार्टीको संसदीय दलको मंगलवार बसेको बैठकले सो निर्णय गरेको नेता गगन थापाले बताएका छन । 


छायाँ सरकारको लागि एक संसादले ३ वटा मन्त्रालयको नाम रोजेर दिन आग्रहसमेत गरेको नेता थापाले जानकारी दिए । 


ओली नेतृत्व सरकारको सर्वत्र आलोचना भईरहेको बेला कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी देखाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex