काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिले बुधवार चुनावी घोषणा पत्र पारित गरेको छ ।
बैठकमा घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले प्रस्तुत गरेको घोषणा पत्रका मस्यौदा पारित गरेको हो ।
पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूले सुझाव राखेपछि महामन्त्री थापा संयोजक रहेको समितिले नै अन्तिम रूप दिने गरी घोषणा पत्र पारित गरिएको हो ।
पारित घोषणापत्र वैशाख ११ मा सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणा पत्रका लागि पार्टीका नेताहरू, विज्ञ, जनप्रतिनिधि र सर्वसाधारणबाट सुझाव माग गरिएको थियो ।
Categorized in स्थानिय