४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

कांग्रेसले घर घरमा क्रियाशिल सदस्य बाड्ने हामी चाहि हेरेर बस्ने ? – प्रमुख शाक्य


प्रकाशित: शनिवार, १८ मंसिर २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख तथा एमाले केन्द्रिय सदस्य निर्वाचित विद्यासुन्दर शाक्यले कांग्रेसले घर घरमा क्रियाशिल सदस्य बाड्दा हामीले के गरयौ त भनेर कार्यकतालाई प्रश्न गरेका छन ।


शनिवार काठमाडौं आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले भने,‘ हामीसँग जनमत छ, हामीलाई माया गर्ने यति धेरै जनताहरु छन, अनि कांग्रेसले यति सदस्य बनायो भनेर गुनासो गर्छौ, कांग्रेसले पाँचसय जना क्रियाशिल सदस्य बनाउछन भने हाम्रो पार्टीलाई पाँचसय भन्दा बढि सदस्य बनाउन कस्ले रोक्छ ?’


‘हाम्रो घर दैलोमा आएर कांग्रेसले क्रियाशिल सदस्य बाँडेर जाने अनि हामी टुलुटुलु हेरेर बस्ने हो भने भोलीका दिनमा हामीले सोचेका परिणाम नआउन सक्छ ।’ उनले भने । 

 

 


काठमाडौ महानगरका १२, २१ र २२ वडा कमिटिले आयोजना गरेको सो कार्यक्रम उपस्थित कार्यकताईलाई शाक्यले कमिटिको नियमित बैठक बसाउने, रिसाएर बसेका कार्यकर्ताहरुलाई संगठित गर्ने काम गर्न, सदस्यता नविकरण गर्ने, सिंगो काठमाडौंमा संगपठन विस्तार कामहरु गर्न सुझाव समेत दिएका थिए । 

 

 


सो अवसरमा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभासद तथा पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यलगायतले सम्बोधन गरेका थिए । 


तस्वीरः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika