७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेसले किन गठन गर्दैछ ‘गाउँ सेवा दल’


प्रकाशित: शुक्रवार, १९ साउन २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानिय पालिकामा ‘गाउँ सेवा दल गठन’ गर्ने भएको छ । 


केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने उद्देश्यले सो सेवा दल गर्न गठन गर्न खोजिएको हो । 


प्राकृतिक विपत्ती, आगलागी, समाजिक समस्या लगायत जनताका विभिन्न समस्याहरुलाई समाधान गर्न सेवा दलका कार्यकर्ताहरु नागरिकका साथ सहभागी हुने विश्वकर्माको भनाई छ ।

 
केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको थियो । 


सेवा दल गठनबारे कार्यविधि तयार गरेर सबै तहलाई पठाउने तयारी रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex